माघ २, काठमाडौँ
। फिफाको उत्कृष्ट वर्ष खेलाडी अवार्ड २०२३ अर्जेन्टिनाका स्टार खेलाडी लियोनल
मेसीले जितेका छन् । आठ पटकका बलोन डी ओर अवार्ड विजेता मेसीले लन्डनमा मंगलबार
बिहान सम्पन्न अवार्डमा फिफा अवार्ड भने तेस्रो पटक जितेका हुन् ।
फ्रान्सका
केलियन एम्बाप्पे र नर्वेका एर्लिङ हालान्डलाई पछि पार्दै मेसीले यो अवार्ड जितेका
हुन । विश्वभरका खेल पत्रकार र समर्थकहरूले र राष्ट्रिय टोलीका प्रशिक्षक र कप्तानले गरेको मतका आधारमा मेसीले यो अवार्ड पाएका हुन् ।
- न्युज बहार संवाददाता