कार्तिक
१७, काठमाडौँ । अबदेखि मध्यपूर्वको देश ओमानमा भ्रमण भिसामा गएकाले भिसा परिवर्तन
गरेर काम गर्ने भिसा लगाउन नपाइने भएको छ ।
कात्तिक
१४ वा अक्टोबर ३१ देखि भ्रमण भिसामा ओमानमा आएका आप्रवासीले भिसा परिवर्तन गरेर
काम गर्न नपाउने ओमानस्थित नेपाली दूतावासले सूचना सार्वजनिक गरी यो नियम लागु गरेको
हो । यस नियम लागुसँगै अब भ्रमण भिसामा गएर काम नपाइने भएको हो ।
यसअघि ओमान
भ्रमण भिसामा जाने र त्यहाँ पुगेपछि काम गर्ने भिसा लगाउने गरिएकोमा अब ओमान
सरकारले ३१ अक्टोबरदेखि भिजिट भिसामा गएकाले काम गर्ने भिसा नपाउने कडा नियम लागु
गरेको छ ।
- न्युज बहार संवाददाता