Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

भारतमा अबिरल वर्षाले जनजीवन अस्तव्यस्त।

  •   ३ वर्ष अघि | २५ असार २०८०, सोमवार

असार २५, काठमाडौँ । अहिले भारी वर्षाका कारण भारतमा जनजीवन अस्तव्यस्त भएको छ । गएको दुई दिनदेखिको परेको निरन्तर वर्षाले उत्तरप्रदेश, दिल्ली लगायतका राज्यको जनजीवन प्रभावित भएको हो ।

वर्षाका कारण जनजीवन अस्तव्यस्त  भएपछी बागपत, गाजियावाद, शामली, मेरठ, मुजफ्फरनगर लगायतका जिल्लामा १० जुलाई (आज)देखि १५ जुलाई (३० गते)सम्म सबै विद्यालय बन्द गरिएको भारतिय सञ्चार माध्यमहरुले जनाएको छ ।

यता नोयडामा पनि आज सबै स्कुल बन्द गरिएको छ । कतिपय स्थानमा सडक र पुल बगाएको छ भने खेतियोग्य जमिन र घरहरु जलमग्न भएका छन् । 

  • न्युज बहार संवाददाता

थप