Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

बेइजिङमा भारी वर्षा, कम्तीका २० जनाको मृत्यु ।

  •   ३ वर्ष अघि | १७ साउन २०८०, बुधबार

साउन १७, काठमाडौँ । गत शनिबारदेखि चीनको राजधानी बेइजिङमा लगातार परेको वर्षाले बाढी र डुबान भएको छ।

चिनियाँ मौसमविद्हरूले गत शनिबारदेखि बुधबार बिहानसम्म बेइजिङ र आसपासका क्षेत्रमा ७४४.८ मिलिमिटर वर्षा भएको समाचार संस्था एपीले जनाएको छ।

४० वर्षअघि देखी बेइजिङमा वर्षाको मापन गर्न थालिएको हो। अहिलेसम्मको रेकर्डमा लगातार पाँच दिनमा यति धेरै पानी कहिल्यै पनि परेको छैन ।

भारी वर्षा र डुबानका कारण कम्तीका २० जनाको मृत्यु भएको समाचार माध्यमले जनाएको छ भने  २७ जना बेपत्ता भएका छन्। भारी वर्षाका कारण हजारौं मानिस विस्थापित भएका छन्।

 

  • न्युज बहार संवाददाता

थप