चैत ३०, भारत। भारत प्रहरीले उत्तर प्रदेशमा गरेको इन्काउन्टरमा एक जना पूर्वसांसदका छोरालाई मारिदिएको छ।
बिहीबार उत्तर प्रदेशको झाँसीमा भएको इन्काउन्टरमा दुई जना मारिएका थिए मारिनेमा ग्याङस्टार अतिक अहमदका कान्छा छोरा असद अहमद र एक अर्का सार्पसुटर रहेको टाइम्स अफ इन्डियाले जनाएको छ। अतिक अहमद आपराधिक गतिविधिबाट राजनीतिमा आएका भएपनी सन् २००९ सम्म लोकसभाका सदस्य रहेका थिए।
अतिकका अरू दुई छोरा आपराधिक गतिविधिमा संलग्न भएका कारण अहिले जेलमा छन्।
- न्युज बहार संवाददाता