पुस २३, काठमाडौँ
। चीनले सगरमाथा क्षेत्र अस्थायी रूपमा बन्द गरेको जानकारी प्राप्त भएको छ । चिनले
आज मंगलबार बिहान चीनमा सिचाङ स्वायत्त क्षेत्रको डिङ्ग्री काउन्टीमा गएको भूकम्पपछि
अस्थायी रुपमा सगरमाथा क्षेत्र बन्द गरेको
हो ।
अस्थायी
रूपमा सगरमाथा (माउन्ट कोमोलाङ्मा) क्षेत्र बन्द गरिएको हो । सक्त भुकम्पमा परी चीनमा
हालसम्म ५३ जनाको मृत्यु भएको छ भने ६२ जना घाइते भएको जनाइएको छ ।
कोमोलाङ्मा क्षेत्रमा
होटल भवन र वरपरको क्षेत्र अस्तव्यस्त रहेको तर पर्यटक तथा कर्मचारी सुरक्षित
रहेका डिङ्ग्री संस्कृति तथा पर्यटन ब्यूरोले जनाएको छ ।
- न्युज बहार संवाददाता