माघ १५,
काठमाडौँ । जोर्डन र सिरियाको सीमा नजिकै रहेको अमेरिकी सैन्य बेसमा ड्रोन हमला
भएकोछ । उक्त सैन्य बेसमा भएको ड्रोन
हमलामा कम्तीमा तीन जना अमेरिकी सैनिकको मृत्यु भएको छ भने दर्जनौँ सैनिक घाइते
भएका छन् ।
इरान
समर्थित चरमपन्थी समूहले यो आक्रमण गरेको दाबी गर्दै ‘आफूहरूले यसको जवाफ दिने’ अमेरिकी राष्ट्रपति जो बाइडेनले
बताएका हुन् । हमासले गत अक्टोबर ७ मा इजरायलमाथि आक्रमण गरेपछि मध्यपूर्वमा
अमेरिकी सैनिक मारिएको यो पहिलो घटना हो ।
यता
जोर्डनले यो हमला आफ्नो देशभित्र नभएर सिरियामा भएको बताएको छ । यसअघि पनि यो
क्षेत्रमा ड्रोन हमलाहरू हुने गरेका थिए । यो हमला कसले गर्यो भन्ने हालसम्म
खुलेको छैन ।
- न्युज बहार संवाददाता