भदौ
१, काठमाडौँ । मलेसियामा चार्टर्ड विमान दुर्घटना भएको छ । उक्त दुर्घटनामा १०
जनाको मृत्यु भएको छ।
बिहीबार सेलांगोरका
लागि क्वालालम्पुरस्थित लंकावी अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको निजी जेट विमान
सुल्तान अब्दुल अजिज शाह विमानस्थलनजिकको सडकमा दुर्घटना भएको हो।
२ चालक
दलका सदस्य र ६ यात्रु रहेको विमान
दुर्घटना भएपछि सडकमा गुडिरहेका कार र मोटरसाइकलसँग ठोक्किन पुगेको थियो।
यस दुर्घटनामा परि मोटरसाइकल र कारमा सवार २ जना विमानमा रहेका ८ जना गरी १० जनाको मृत्यु भएको सिएनएनले जनाएको छ।
दुर्घटनाको अनुसन्धान मलेसियाको यातायात मन्त्रालयको नेतृत्वमा हुने बताइएको छ। यातायात मन्त्री एन्थोनी लोकले अनुसन्धान जारी रहेको सिएनएनलाई जानकारी दिएका छन् ।
- न्युज बहार संवाददाता