Breaking News
दारी ग्याङ युकेको सहयोगमा नुवाकोटको लिखुमा नि:शुल्क दन्त शिबिर सम्पन्न    ||     टाइम ‘वर्ल्ड्स ग्रेटेस्ट प्लेसेस २०२४’ को सूचीमा नेपालको 'बुरहान वाइल्डरनेस क्याम्प’ समावेश    ||     भारतबाट एक वर्षको अवधिमा एक अर्ब ११ करोड ६१ लाख रुपैयाँको आलु आयात    ||     ३२.०२ अंकले बढ्यो नेप्से, कारोबार रकम १४ अर्ब माथि    ||     बिग बोसको नयाँ सिजनको लागि तयारि सुरु, शो को होस्ट को?    ||     तरकारी खेतीबाट वार्षिक रु छ लाख सम्म बचत    ||     एकैदिनमा यति धेरै घट्यो सुनको मुल्य, आज कतिमा हुँदैछ किनबेच?    ||     विमान दुर्घटनामा मृत्यु भएकाहरूको शोकमा भोलि राष्ट्रिय झण्डा आधा झुकाउने सरकारको निर्णय    ||     महिला एसिया कप २०२४ : नेपाललाई भारतले दियो १७९ रनको लक्ष्य    ||     पाँचवटा कृतिहरु 'मदन पुरस्कार २०८०' का लागि छनौटमा    ||    

गाजामा तत्काल युद्धविराम कार्यान्वयन गर्न माग गर्दै सुरक्षा परिषद्‍मा ल्याइएको प्रस्ताव स्वीकृत

  •   ४ महिना अघि | १३ चैत्र २०८०, मङ्लबार

चैत १३, काठमाडौँ । गाजामा संयुक्त राष्ट्र सुरक्षा परिषद्ले युद्धविराम तत्काल कार्यान्वयन गर्न माग गर्दै प्रस्ताव पारित गरेको छ । प्रस्ताव पारित  भएपछी इजरायलले आफ्नो प्रतिनिधिमण्डलको प्रस्तावित अमेरिका भ्रमण पनि रद्द गरेको छ ।

बेन्जामिन नेतान्याहुले इजरायलका प्रधानमन्त्रीको कार्यालयले संयुक्त राष्ट्र सुरक्षा परिषद्‍मा अमेरिकाको अडानमा परिवर्तन आएपछि यो निर्णय गरेको जनाएको हो ।

अमेरिकाको अडानमा परिवर्तन भए उनले भ्रमण रद्द गर्ने धम्की समेत दिएका थिए । अमेरिकाले यो प्रस्तावको मतदानमा भिटो प्रयोग नगरेको भन्दै इजरायल क्रुद्ध बनेको जनाइएको छ

समाचार एजेन्सी एएफपीका अनुसार गाजामा सोमबार युद्धविराम तत्काल कार्यान्वयन गर्न माग गर्दै सुरक्षा परिषद्‍मा ल्याइएको प्रस्ताव स्वीकृत भएको हो । यस प्रस्तावमा भएको मतदानमा अमेरिकाले भाग नलिइएको बताइएको छ

  • न्युज बहार संवाददाता

थप