Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

आगलागीमा परी ४६ जनाको मृत्यु, २०० जना भन्दा बढी बेपत्ता

  •   २ वर्ष अघि | २१ माघ २०८०, आइतवार

माघ २१, काठमाडौँ । मध्य चिलीको भल्पराइसो क्षेत्रको जंगलमा जारी आगलागीमा परी कम्तीमा ४६ जनाको मृत्यु भएको जानकारी चिलीका राष्ट्रपति गेब्रियल बोरिकले दिएका छन्  भने उनले मृतकको संख्या अझै बढ्न सक्ने आशंका व्यक्त गरेका छन ।

आगलागीबाट समुद्री किनारको पर्यटक सहर भिना डेल मार वरपरका क्षेत्रहरू सबैभन्दा बढी प्रभावित भएका अधिकारीहरूले बताएका छन । प्रभावित क्षेत्रमा पुग्न राहत र उद्धार टोलीका कर्मचारी संघर्ष गरिरहेका छन् ।

सहरका २०० भन्दा बढी बासिन्दा बेपत्ता भएको भिना डेल मार सहरका मेयरले बताएका छन् । यस आगलागीबाट देशभर ४३० वर्ग किलोमिटरभन्दा बढी क्षेत्रफल प्रभावित भएको गृह मन्त्रालयले जनाएको छ । आगलागीको कारण सामान्यभन्दा बढी गर्मी र तेज हावाका बताइएको छ ।  

  • न्युज बहार संवाददाता

थप