असार ३, युगान्डा। एक विद्यालयमा आक्रमण हुँदा ३७ जनाको मृत्यु भएको छ। इस्लामिक स्टेट
(आइएस) समूहसँग सम्बन्धित लडाकू समूहले एक विद्यालयमा आक्रमण गरेका छन। यस
आक्रमणमा परी कम्तीमा ३७ जनाको मृत्यु भएको छ।
डेमोक्रेटिक रिपब्लिक अफ कंगो नजिकैको कासेसे जिल्लाको एमपोन्ड्वेमा रहेको एक माध्यमिक विद्यालयमा सीमापारीबाट आएर आक्रमण गरेपछि सेनाले एलाइड डेमोक्रेटिक फोर्सेस (एडीएफ) का लडाकूहरूलाई पछ्याइरहेको बताएको एजेन्सीले उल्लेख गरेको छ।
आक्रमणकारीले निर्मम रुपमा विधार्थिहरुको हत्या गरी कोहिलाई अपहरण समेत गरेका छन। अपहरणमा परकेलाई खोज्ने कार्य जारी रहेको सम्बन्धित निकाएले जनाएको छ।
- न्युज बहार संवाददाता