जेठ ५, काठमाडौँ
। देशमा अहिले पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। पश्चिमी
वायुको साथै स्थानीय वायुको सामान्य प्रभावले देशको पहाडी भू-भागमा आंशिक
देखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो कोशी प्रदेशमा सामान्य बदली रही गण्डकी प्रदेश र कर्णाली प्रदेश, बागमती प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ भने देशको पहाडी भू-भागका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम खआलको वर्षाको सम्भावना रहेको छ।
त्यस्तै आज राति कोशी प्रदेशको थोरै स्थान तथा बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
- न्युज बहार संवाददाता