Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

फागुन १७ गते बुधबारको मौसम, यि स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना ।

अहिले देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

  •   ४ वर्ष अघि | १७ फाल्गुन २०७९, बुधबार

फागुन १७, काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले अहिले देशमा पश्चिमी वायुको सामान्य  प्रभाव रहेको जनाएको छ । यसको प्रभावले सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश लगायतका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको  छ।

आज बुधबार दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ भने देशका पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाले बताएको छ। देशका  उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना पनि रहेको छ। 

आज बुधबार राति  गण्डकी प्रदेश,  कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली बाँकी भू-भागमा बदली देखि मौसम सामान्यतया सफा रहनेछ।  गण्डकी,  कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।

  • न्युज बहार संवाददाता

थप