कार्तिक
२८, काठमाडौँ । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको
सामान्य प्रभाव छ । यसको प्रभावले आज देशका केही भू–भाग तथा उच्च पहाडी तथा हिमाली
क्षेत्रमा हिमपातको सम्भावना रहेको छ।
आज कर्णाली
प्रदेश, लुम्बिनी
प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भू–भागमा आंशिक बदली रहि गण्डकी प्रदेश, बागमती
प्रदेश र कोसी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको
सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
- न्युज बहार संवाददाता