चैत १२, काठमाडौँ
। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा भारतको उत्तर पूर्व आसाम र आसपास
क्षेत्रमा रहेको न्यून चापीय प्रणाली र पश्चिमी न्यून चापीय प्रणालीको संयुक्त प्रभाव
रहेको छ । यसको प्रभावले आज सोमबार पनि गण्डकी प्रदेश, बागमती प्रदेश,
मधेस प्रदेश र कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा
आंशिक देखि साधारणतया बदली र बाँकी भू-भागमा आंशिक बदली रहने छ महाशाखाले जनाएको छ
।
आज माथिका
चारै प्रदेशमा र देशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको र देशका
उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
- न्युज बहार संवाददाता