फागुन १,
काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक
प्रभाव रहेको छ। यसको प्रभावले अहिले सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी
प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ।
आज मंगलबार
दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रही देशको पहाडी भूभागका एक–दुई स्थानमा छिटपुट देखि हल्का
वर्षाको सम्भावना रहेको छ भने देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै
स्थानहरूमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।
त्यस्तै आज
राति देशभर आंशिक देखि साधरणतया बदली रही देशको पहाडी भूभागका एक–दुई स्थानमा छिटपुट देखि हल्का
वर्षा र थोरै स्थानहरूमा हल्का हिमपातको रहेको छ।
- न्युज बहार संवाददाता