बैशाख ९,
काठमाडौँ । देशमा अहिले पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको मौसम
पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभावले
यतिवेला कोशी र
सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको मौसम
पूर्वानुमान महाशाखाले जानकारी गराएको छ।
आज शनिबार दिउँसो कोशी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा चट्याङ्गसहित क्षणिक तथा हल्का वर्षाको सम्भावना रहेको छ।
आज शनिबार अपराह्न तिर पश्चिम तराईका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको र पहाडी भू-भागमा राति पनि क्षणिक वर्षाको सम्भावना रहेको मौसम पुर्वानुमान गरिएको छ।
- न्युज बहार संवाददाता