Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

भोली सोमबारदेखि शुक्रबारसम्म पुन: मौसम बदली र वर्षा हुने

  •   ३ वर्ष अघि | ६ फाल्गुन २०८०, आइतवार

फागुन ६, काठमाडौँ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालका धेरै स्थानहरुमा सोमबारदेखि बदली र वर्षाको सम्भावना रहेको छ ।

आज अर्थात आइतबार विशेष बुलेटिन जारी गर्दै महाशाखाले पश्चिमी न्यून चापीय प्रणालीको असरले वर्षा, हिमपात हुने जनाएको हो भने महाशाखाले चिसोका कारण दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

महाशाखाको विशेष बुलेटिन अनुसार सोमबारदेखि पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण नेपालको धेरै स्थानहरूमा आंशिकदेखि साधारणतया बदलीको सम्भावना रहेको छ । त्यसपछी शनिबारदेखि मात्र मौसममा केही सुधार हुने महाशाखाले जनाएको छ ।

महाशाखाले यो प्रणाली गत माघ तेस्रो साताको प्रणालीभन्दा शक्तिशाली रहेको जनाएको छ । त्यसैले माघ तेस्रो साताको भन्दा अहिले अलि बढी बादल र वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

  • न्युज बहार संवाददाता

थप