चैत २४, काठमाडौँ
। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु र
स्थानीय वायुको संयुक्त प्रभाव रहेको छ। यसको प्रभावले कर्णाली प्रदेश
लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम
आंशिक बदली देखि मुख्यतया सफा रहने छ।
आज गण्डकी
प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरूमा र बाँकी पहाडी भू-भागको
एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
त्यसैगरी
आज देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपात र सुदूरपश्चिम
प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा बाँकी तराई भू-भागका थोरै
स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ ।
- न्युज बहार संवाददाता