असोज ९, काठमाडौँ । नेपालमा पुन: एकपटक मनसुन
सक्रिय भएको छ । मनसुन सक्रिय भएसँगै ५६ जिल्लामा रेड अलर्ट जारी गरिएको छ ।
आज सातै
प्रदेशका ५६ जिल्लामा ‘रेड अलर्ट’ जारी गरेको र ‘रेड अलर्ट’ले उच्च जोखिमको सम्भावनालाई देखाउने
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले आज
जारी गरेको बुलेटीनमा ५६ जिल्लालाई ‘रेड अलर्ट’मा रखिएको छ । १९ जिल्ला मध्यम
जोखिममा रहेको र हिमाली दुई जिल्ला मुगु र हुम्ला मात्र न्यून जोखिममा रहेको महाशाखाको
बुलेटीनमा उल्लेख गरिएको छ ।
- न्युज बहार संवाददाता