Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

देशभर राजस्थान क्षेत्र आसपासको न्यून चापीय प्रणालीको प्रभाव, यी स्थानमा वर्षा हुने सम्भावना

  •   ३ वर्ष अघि | १४ मंसिर २०८०, बिहिबार

मंसिर १४, काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा भारतको राजस्थान क्षेत्र आसपास रहेको न्यून चापीय प्रणालीका साथै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । यसको प्रभावले हाल मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ। 

आज दिउँसो सुदुरपश्चिम बाहेकाका अन्य प्रदेशहरु र देशको बाँकी पहाडी भूभागमा  आंशिक देखि सामान्य बदली रही बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र मधेस प्रदेश लगायत देशको पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेको छ। साथै देशका  हिमाली तथा उच्च पहाडी भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज बिहिबार राति भने गण्डकी प्रदेश,लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र बागमती प्रदेश लगायत देशको बाँकी पहाडी भूभागमा आंशिक बदली  रही गण्डकी प्रदेश र कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

  • न्युज बहार संवाददाता

थप