बैशाख ३१, काठमाडौँ । देशमा अहिले स्थानीय वायुको सामान्य प्रभाव रहिरहेको छ।
स्थानीय वायुको सामान्य प्रभावले हाल देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।अहिले बिहानै कर्णाली प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भैरहेको छ।
आज आइतबार दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहने र देशका पहाडी भू-भागका थोरै स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
त्यस्तै आज राति
भने देशको भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने र कोशी तथा
गण्डकी प्रदेशको थोरै स्थानमा हल्का वर्षाको संभावना रहेको महाशाखाले जानकारी
दिएको छ।
- न्युज बहार संवाददाता