जेठ २०, काठमाडौँ
। मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा स्थानीय वायु,
पश्चिमी
वायुको र भारतको पश्चिम उत्तर प्रदेशदेखि पश्चिम बंगलादेशसम्म फैलिएको न्यून चापीय
क्षेत्रको पनि आंशिक प्रभाव रहेको छ। यसैको प्रभावले आइतबार देशभर आंशिकदेखि साधारणतया बदली
रहने छ।
आज गण्डकी
प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भू-भागका एक-दुई
स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
त्यस्तै
आज गण्डकी तथा लुम्बिनी प्रदेशका एक-दुई स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको
छ महाशाखाले जनाएको छ ।
- न्युज बहार संवाददाता