फागुन
२९, काठमाडौँ। देशमा अहिले पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। यसको प्रभावका कारण देशको पहाडी
भू-भागका केही स्थानहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरूको मौसम
आँशिक बदलीदेखि सामान्यतया सफा रहने मौसम पुर्वानुमान महाशाखाले जानकारि दिएको छ।
सोमबार महाशाखाका अनुसार देशका पहाडी
भू-भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली देखि मौसम
सामान्यतया सफा रहनेछ भने देशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन र
चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
- न्युज बहार संवाददाता