Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

देशका पहाडी भू-भागमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना।

  •   ४ वर्ष अघि | १५ चैत्र २०७९, बुधबार

चैत १५, काठमाडौँ । देशमा अहिले स्थानीय वायु सँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ मौसम पुर्वानुमान महाशाखाले जनाएको छ।

यसको प्रभावले देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहने छ। 

सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आज दिउँसो आंशिक देखि सामान्य बदली रहने छ भने देशका पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

आज राति कर्णाली प्रदेश, गण्डकी प्रदेश र कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली भई बागमती प्रदेश, कोशी प्रदेश र गण्डकी  प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा  चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

  • न्युज बहार संवाददाता

थप