Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

पहाडी भू–भागका चट्याङ्गसहित क्षणिक र हल्का वर्षाको सम्भावना।

देशमा अहिले पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

  •   ४ वर्ष अघि | २५ फाल्गुन २०७९, बिहिबार

फागुन २५, काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले देशमा अहिले पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ। यसको प्रभावले  देशका पहाडी भू–भागमा आंशिक देखी सामान्य बदली रहेको छ। 

आज दिउँसो देशका पहाडी भू–भागका एक दुई स्थानमा   चट्याङ्गसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको महाशाखाले बताएको छ। देशका उच्च  पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानमा  हल्का हिमपातको पनि सम्भावना रहेको छ।  

आज राति भने  गण्डकी प्रदेश, कोशी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक देखी सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले पुर्वानुमान गरेको छ। कोशी प्रदेश र गण्डकी प्रदेशका  उच्च  पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।  

  • न्युज बहार संवाददाता

थप