Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

भोली सोमबार देखि देशभर वर्षा हुने सम्भावना ?

भोली सोमबार देखि देशभर वर्षा हुने सम्भावना ?

  •   ४ वर्ष अघि | ९ माघ २०७९, सोमवार

माघ ८, काठमाडौँ । केही दिन यता बढेको चिसोको प्रभाव सगैं जल तथा मौसम विज्ञान विभागले भोलि सोमबार रातिदेखि नेपालको पश्चिम भागबाट सुरु भएर बिहीबारसम्म काठमाडौँ लगायतका आसपासका क्षेत्रमा सामान्यदेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । त्यसैगरी नेपालको हिमाली भेगमा भने मङ्गलबारपछि एक हप्तासम्म हिमपातको सम्भावना रहेको छ ।

यसरि नै यसपालिको हिउँदमा बितेको ३० वर्ष यताकै सबैभन्दा कम वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागमा रहेको तथ्याङ्कले सन् १९९१ पछि यो वर्षको हिउँदमा सबैभन्दा कम पानी परेको देखाएको छ । सन् १९९१ देखि २०२० सम्मको डिसेम्बर १ देखि जनवरी १८ सम्ममा औसतमा १२ दशलमव ६ मिलिमिटर पानी परेको थियो । तर यसपालिको डिसेम्बर १ देखि जनवरी १८ सम्ममा शून्य दशमलव एक मिलिमिटर मात्रै पानी परेको मौसम विज्ञान विभागको तथ्याङ्कमा उल्लेख गरिएको छ । पानि परिसकेपछीको समयमा मौसम केही खुल्ला र सफा देखिने छ भने, चारैतिर लागेको तुवालो खुलेर हिमालहरु देख्न सकिनेछ ।

  • Mr. Admin

थप