असोज २२,
काठमाडौँ । प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा शरद ऋतुको आगमनसँगै पर्यटकको चहलपलमा
बृद्धी हुन थालेको छ । पर्यटकको चहलपल बढ्न थालेपछी ठमेलका व्यवसायीमा खुसी छाएको प्रष्ट
देख्न सकिन्छ ।
ठमेलस्थित रेष्टुरेन्ट सञ्चालक भगवान थापा जसले स्वदेशी तथा विदेशी पर्यटकलाई थकाली खानाका साथै ढिँडोको परिकार पस्कँदै आएका उनी पछिल्लो समय पर्यटकको याम सुरु भएपछी ठमेलमा विदेशी पर्यटकको आवागमन बढ्न थालेको बताउँछन ।
कोरोना, विनाशकारी भूकम्प र नाकाबन्दीको मार सहेको पर्यटन व्यवसाय अहिले बिस्तारै आफ्नो लयमा फर्कन थालेको हो । ठमेलमा पर्यटकीय याम सुरु भएर पर्यटक आवागमन बढ्न थालेसँगै व्यवसायीमा नयाँ आशा पलाएको देखिन्छ ।
- न्युज बहार संवाददाता