चैत
२५, काठमाडौँ। एयर डाइनेस्टी हेलिकप्टरको काठमाडौँमा रहेको ह्याम्स अस्पतालको
हेलिप्याडमा अवतरण गर्नेक्रममा पछाडिपट्टिको पंखाको टुक्रा खसेको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज शनिबार दिउँसो पौने २ बजेतिर उडेको हेलिकप्टर अस्पतालको हेलिप्याडमा अवतरण गर्न लागेको थियो।
जिल्ला प्रहरी परिसर काठमाडौंका डिएसपी निरञ्जन भट्टले सोही अवतरण गर्ने क्रममा पछाडिपट्टिको पंखाको टुक्रा खसेर छिमेकीको घरको छतमा परेको जानकारी दिएका हुन।
उक्त एयर डाइनेस्टी हेलिकप्टर डाक्टर लिएर भरतपुर जान लागेको थियो सोही क्रममा हेलिकप्टरको केही भाग झरेपछि अर्कै हेलिकप्टर पठाइएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका डिएसपी निरञ्जन भट्टले भने ‘दुर्घटना भएको होइन। ल्यान्ड गर्दाखेरी पुच्छरको एउटा भाग चाहिँ अर्काको घरमा खसेको भेटियो, अहिले प्राविधिकहरूले हेर्दैछन्। कुनै क्षति भएको छैन।’
- न्युज बहार संवाददाता