माग २९, काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य
प्रभाव रहेको जनाएको छ। जसको प्रभावले हाल कर्णाली, प्रदेश एक,
गण्डकी र सुदूर पश्चिम प्रदेशका
पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ।
आइतबार दिउँसो प्रदेश एक, कर्णाली, गण्डकी र सुदूर पश्चिम प्रदेशका उच्च
पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना
रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानमा अपरान्हतिर
हावाहुरी लाग्ने सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाले बताएको छ । राति प्रदेश एकको उच्च
पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको छ। हिमपातको सम्भावना रहेको
स्थानमा र तराईका केही भू-भागमा हुस्सु लाग्ने भएकोले दैनिक स्वास्थ्य, जनजीवन, सडक तथा हवाई यातायातमा
सामान्य प्रभाव पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध
गरेको छ।
यता कास्कीका पर्यटन
व्यवसायीहरु भने यो वर्षको हिउँ कुर्दै छन । कास्कीका उच्च पहाडी र हिमाली क्षेत्र हिउँ
खेल्नेका लागि प्रख्यात स्थान हुन । विगतका वर्षमा यो समयमा यस क्षेत्रका डाँडा र गाउँ हिउँले छप्पकै
हुन्थे र हिउँ
खेल्नको लागी पर्यटकको
ओइरो लाग्थ्यो । तर, यो वर्ष अहिलेसम्म हिउँ नपर्दा
यहाँका डाँडातिर पर्यटक उक्लिएका छैनन् । हिउँ नपरेका कारण पर्यटकमा कमी आएकोले यहाँका पर्यटन व्यवसायी चिन्ता व्यक्त गरेका छन् ।