Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चार देखि पाँचदिन बन्द हुन सक्ने

  •   ३ वर्ष अघि | ४ फाल्गुन २०८०, शुक्रबार

फागुन ४, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चार देखि पाँचदिन बन्द हुन सक्ने भएको छ । विमानस्थलमा रहेको ‘ट्याक्सी वे'लाई धावनमार्ग अर्थात रनवे सम्म जोड्ने कामका लागि विमानस्थ चारदेखि पाँचदिन बन्द हुन सक्ने बताइएको छ। 

नागरिक उड्डयन प्राधिकरण अन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाका अनुसार अहिले धावनमार्गको उत्तरतर्फ एप्रोन (पार्किङ), ह्यांगर (मर्मत केन्द्र) का साथै समानान्तर ट्याक्सी-वे (विमान गुड्ने बाटो)  बनिरहेको छ भने त्यस्तै दक्षिणतर्फ पनि ट्याक्सी-वे निर्माणको काम भइरहेको छ।

आयोजनाका प्रमुख इन्जिनियर दिपेन्द्र श्रेष्ठले रन-वे र ट्याक्सी-वे बीचको कनेक्सन जडानको काम गर्दागर्दै विमानस्थल आंशिक तथा पूर्ण रूपमा बन्द गर्नुपर्ने अवस्था आउन सक्ने र यसका लागि अहिलेदेखि नै सूचना दिइएको बताएका छन।

  • न्युज बहार संवाददाता

थप