Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

काँडेभ्याकुर हेर्न उपरदाङगढी र सिराइचुलीमा पुग्दै पर्यटक

  •   ३ वर्ष अघि | १९ मंसिर २०८०, मङ्लबार

मंसिर १९, भरतपुर । नेपाल चराहरुको बासस्थानका रुपमा परिचित छ । याहाँ आठ सय ९४ प्रजातिका चराहरु पाइन्छन् । ती आठ सय ९४ प्रजातिमध्ये नेपालमा मात्र पाइने चरा हो काँडेभ्याकुर । चितवनको पर्यटकीय क्षेत्र तथा पुरानो सदरमुकाम उपरदाङगढी र अग्लो डाँडा सिराइचुलीमा यही चरा अर्थात काँडेभ्याकुर हेर्न विदेशी पर्यटकहरु पुग्ने गरेका छन् ।

सबैभन्दा धेरै काँडेभ्याकुर चरा पाइने क्षेत्र यही नै हो । विश्वका विभिन्न देशबाट यस चरा हेर्न पंक्षीप्रेमी पर्यटक नेपालमा आउने गरेका छन ।

काँडेभ्याकुर हेर्न पाएर आफू उत्साहित भएको बेलायतदेखी चरा हेर्न उपरदाङगढी आएका माइक होइटले बताए । वातावरणका क्षेत्रमा समेत काम गर्दै आएका होइटले भने, ‘नेपालमा मात्रै पाइने चरा यस क्षेत्रमा प्रशस्तै देख्न पाइयो, म चरा हेर्नकै लागि नेपाल आएको हो।’

उनका अनुसार चरा संरक्षणमा समुदायको प्रमुख दायित्व हुने गर्दछ । चितवनको उपरदाङगडी काँडेभ्याकुरको बासस्थानको हटस्पटभएको वर्ड एजुकेसन सोसाइटी चितवनका अध्यक्ष टीकाराम गिरीले बताए । उनले भने, ‘उपरपरदाङगढी प्रकृति प्रेमीका लागि उत्तमस्थल मानिन्छ’, यहाँ आउँदा काँडेभ्याकुर नदेखी फर्कनुपर्दैन।

काँडेभ्याकुरको सादा रङका आँखा, खैरो जिउ र धर्का भएको छाति हुन्छ निकै सुन्दर र आकर्षक हुने यो चरा मध्यपहाडी इलाकामा बस्न रुचाउने गर्दछ । यसले गर्मीयाममा एक हजारदेखि एक हजार पाँच सयसम्म दुई हजार एक सय मिटरको उचाइमा बिताउँछ

  • न्युज बहार संवाददाता

थप