माघ २२, काठमाडौँ । आज बिहान काठमाडौँबाट
हुने आन्तरिक उडान भिजिबिलिटी कम हुँदा प्रभावित भएका छन् । बिहान नौ बजे भन्दा
अगाडीको समयमा भिजिबिलिटी कम भएको र नौ बजेपछी बढ्दै गएकाले अब भने आन्तरिक उडान
सुरु गर्ने तयारी भइरहेको छ ।
काठमाडौँ
उपत्यकामा आज बिहान लागेको बाक्लो हुस्सु-कुहिरोका कारण भिजिबिलिटी कम हुँदा
आन्तरिक उडान रोकिएको थियो । आन्तरिक तर्फको उडान रोकिदाँ अन्तर्राष्ट्रिय उडान
भने भइरहेका थिए । बिहान
नौ बजेपछि भिजिबिलिटी बढ्दै गएकाले अहिले आन्तरिक उडान सुरु भएको छ । विमानस्थल
कार्यालयले स्रोतका अनुसार भिजिबिलिटी १२०० मिटर पुगेपछि आन्तरिक उडान समेत सुरु
गर्ने तयारी गरिएको हो ।
एक
किलोमिटरभन्दा कम भिजिबिलिटी हुँदा कुहिरो र एकदेखि पाँच किलोमिटरसम्म भिजिबिलिटी
हुँदा हुस्सु भन्ने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले
जनाएको छ ।
- न्युज बहार संवाददाता