Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज पोखरालाई देशकै पर्यटकीय राजधानीको रुपमा घोषणा गरिदैँ

  •   ३ वर्ष अघि | ४ चैत्र २०८०, आइतवार

चैत ४, काठमाडौँ । आज पोखरालाई देशकै पर्यटकीय राजधानीको रुपमा घोषणा गरिदैँ छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को उपस्थितिमा आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख गन्तव्य पोखरालाई आज पर्यटकीय राजधानी घोषणा गर्न लागिएको हो ।

प्रदेश सरकारको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव कुमानसिंह गुरुङका अनुसार पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकारको आयोजनामा घोषणा कार्यक्रम गरिने लागिएको हो ।  

गुरुङका अनुसार घोषणा मूल समारोह अघि वसुन्धरा उद्यानबाट विभिन्न सांस्कृतिक झाँकीसहितको र्‍याली निकालिनेछ भने घोषणा समारोह फेवाताल किनार बाराही घाटमा हुने छ ।

समारोह अघी प्रदेशका विभिन्न जाति तथा समुदायका मौलिक झाँकीसहितको र्‍यालीपछि गरिनेछ । राजधानी सहरको प्रतिमा अनावरणपछि पोखरा पर्यटकीय राजधानीको औपचारिक रुपमा घोषणा हुनेछ ।  

  • न्युज बहार संवाददाता

थप