Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

टीकापुर विमानस्थल अब नियमित सञ्चालनमा आउने

  •   २ वर्ष अघि | २८ मंसिर २०८१, शुक्रबार

मंसिर २८, काठमाडौँ । टीकापुर विमानस्थल अब नियमित सञ्चालनमा आउने भएको छ।

२०४६ सालदेखि बन्द भएको टीकापुर विमानस्थल भोली शनिबार (मंसिर ३०) गतेदेखि नियमित सञ्चालनमा आउन लागेको हो ।

विमानस्थल पुनः सञ्चालनमा आउनुमा टीकापुर नगरपालिकाको सक्रियता रहेको छ भने यसका लागि नगरपालिकाले तारा एयर र यती एयरलाइन्ससँग सहकार्य र समन्वय समेत गरेको छ।

तारा एयरसँग नगरपालिकाले विमानस्थलमा उडानका लागि न्यूनतम १५ सिटको सुनिश्चितता सहित सहमति गरेको र यो सुनिश्चितताले आगामी दिनमा व्यवसायिक उडान नियमित गर्न सहज हुने जानकारी टीकापुर नगरपालिकाकाका प्रमुखले दिएका छन।

केही समय अगाडि  विमानस्थलमा नेपाल एयरलाइन्सले परीक्षण उडान गरिसकेको र तारा एअरले एउटा व्यवसायिक उडान समेत गरिसकेको छ ।

 

  • न्युज बहार संवाददाता

थप