वैशाख २७, काठमाडौँ । यस वर्षको सगरमाथा आरोहण सुरु भएको छ । मार्गमा डोरी टाँग्ने काम सकिएसँगै यो वर्षको सगरमाथा आरोहण सुरु भएको हो ।
यस वर्ष बाक्लो
हिउँ परेकाले डोरी टाँग्ने (रोप फिक्सिङ्) गर्न केही गाह्रो भएको बताइएको छ भने खुम्बु
आइसफल क्षेत्रमा ठूला रक र कालापत्थरले भर्याङ टाँग्न पनि कठिन भएको छ ।
शुक्रबार साँझ ५ बजे एटके एक्सपीडिसन कम्पनीबाट खटिएका सात
जनाको शेर्पा टोलीले सगरमाथाको चुचुरोमा टोरी टाँगेर आरोहणको ढोका खोलेका छन ।
पर्यटन
विभागका अनुसार सगरमाथाको चुचुरोसम्म बाटो बनेसँगै औपचारिक रूपमा आरोहण सुरु भएको हो
। पहिलो वीन्डमा सर्वाधिक आरोहणको अनुमान गरिएको बताइएको छ भने अहिले आरोहणको लागि
मौसम अनुकूल रहेको छ ।
- न्युज बहार संवाददाता