Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

समिटले छोडेको चिकित्सकहरूको टोली लिन गयो नेपाल वायु सेवा निगमको जहाज

  •   ३ वर्ष अघि | ९ असोज २०८०, मङ्लबार

असोज ९, काठमाडौ । मुगुको ताल्चा विमानस्थलबाट नेपालगञ्ज जानकालागी १६ जना चिकित्सकहरूले समिट एअरको टिकट बुक गरेका थिए टिकट बुक गरेर पनि आज बिहान नेपालगञ्ज उड्न पाएनन्।

समिट एअरले अन्तिम समयमा सत्तारूढ नेकपा माओवादी केन्द्रका नेताहरूलाई चढाउन पर्ने र १६ मध्ये ५ जना चिकित्सकहरूलाई लैजान नसक्ने बताएर उनीहरूको ठाउँमा एअरले माओवादीका नेताहरूलाई लिएर नेपालगञ्ज उडेको थियो।

यस विषयमा माओवादीका नेताहरूले जहाज आफूहरूलाई नै लिन नेपालगञ्जबाट मुगु पुगेको दाबी गरेका छन्।

चिकित्सकहरूले अनावश्यक रूपमा 'बखेडा निकालेको' माओवादी कर्णाली प्रदेश अध्यक्ष विमला केसीले र उपमहासचिव एवं कर्णाली प्रदेश ईञ्चार्ज मातृका यादव र दाबी गरेका छन ।

उनले बिरामी र माओवादीका तीन जना नेतासहित बाँकी चिकित्सकलाई जहाजमा सँगै जान आग्रह गरेको तर चिकित्सकहरूले १६ जनामा एक जना पनि नछुट्ने भनेपछि समस्या उत्पन्न भएको बताएका छन ।

समिट एयरले मुगुको ताल्चा विमानस्थलमा छाडेका चिकित्सकहरूलाई लिन नेपाल वायु सेवा निगमको जहाज पठाइएको छ।

चिकित्सकहरूका अनुसार एजेन्टलाई पैसा बुझाएको र आजका लागि जहाजको टिकट निश्चित गरेको भनाइ छ।

समिटको जहाजले टिकट लिइसकेका चिकित्सकहरूलाई छाडेर नेपालगञ्ज विमानस्थल उडे पछी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले चिकित्सकहरूलाई लिन नेपाल वायु सेवा निगमको जहाज पठाइएको बताएका छन ।

  • न्युज बहार संवाददाता

थप