Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

मुक्तिनाथमा सोह्रश्राद्धका लागि धार्मिक पर्यटकको चहलपहल बढ्दो

  •   ३ वर्ष अघि | १२ असोज २०८०, शुक्रबार

असोज १२, गण्डकी । नेपालमाको हिमालपारिको जिल्ला भनेर  चिनिने मुस्ताङको मुक्तिनाथमा पर्यटकको चहलपहल बढ्न थालेको छ । मुक्तिनाथमा विभिन्न स्थानबाट भोलिदेखि सुरु हुने सोह्रश्राद्धका लागि दर्शनार्थी आउन थालेपछी धार्मिक पर्यटकको चहलपहल बढेको हो । 

मुक्तिनाथ मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदीले बौद्ध  तथा हिन्दू धर्मावलम्बीको साझा तीर्थस्थलका रुपमा रहेको यस मन्दिरमा सोह्रश्राद्धका समयमा पितृ उद्धारको कामनाका साथ ठूलो सङ्ख्यामा दर्शनार्थी आउने गरेको जानकारी दिएका छन । 

मनोकाङ्क्षा पूरा हुनाका साथै पितृहरूको उद्धारका लागी मुक्तिनाथमा दर्शन गर्नु पर्ने जनविश्वासका कारण यहाँको महिमा र गरिमा बढेको छ ।

  • न्युज बहार संवाददाता

थप