Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

अग्रेजी वर्ष सन् २०२५ लाई मुन्दुम ट्रेल भ्रमण वर्षका रूपमा मनाइने

  •   २ वर्ष अघि | २३ असार २०८१, आइतवार

असार २३, काठमाडौँ । आउँदो अग्रेजी वर्ष सन् २०२५ लाई मुन्दुम ट्रेल भ्रमण वर्षका रूपमा मनाइने भएको छ । मैयुङ टेम्के साल्पा सिलिचुङ टुरिजम प्रोमोसन सेन्टरका अध्यक्ष रमेशकुमार राईले पर्यटन बोर्डमा आयोजित एक कार्यक्रममा सन् २०२५ लाई मुन्दुम ट्रेल भ्रमण वर्ष मनाउने तयारी भएको जानकारी दिएका हुन । 

उनका अनुसार सात वर्षदेखि ट्रेलको प्रवर्द्धन र प्रचारप्रसार गर्दै आएक र सन् २०२५ मा आन्तरिक तथा बाह्य गरी एक लाख पर्यटक भित्र्याउने उदेश्यसहित भ्रमण वर्ष मनाउन लागिएको हो ।

भ्रमण वर्ष मनाउन लागि अहिले बस्न, खाना, शौचालय, खानेपानी, पार्टीपौवालगायतको सङ्ख्या बढाउन र सेवा सुविधा थप्न आवश्यक छलफल भइरहेको छ ।

भ्रमण वर्षको मुख्य आकर्षणमा सुन्तला, गोठस्टे, साकेला उभौली र उधौली, धामी, रुद्राक्षलगायत महोत्सव आयोजना गर्ने आयोजकको योजना रहेको छ छ । मुन्दुम ट्रेलमा किराती बाहुल्य खोटाङ, भोजपुर, सङ्खुवासभा, सोलुखुम्बुलगायत पर्यटकीय क्षेत्रहरू पर्दछन् । यो ट्रेल सहज पदमार्गका रूपमा परिचित रहेको छ । मुन्दुम ट्रेल सांस्कृतिक मार्ग भएकाले यो अरु मार्गभन्दा भिन्न रहेको र त्यसको ‘ब्राण्डिङ’ गर्नुपर्ने आवश्यकता रहेको छ । 

  • न्युज बहार संवाददाता

थप