कार्तिक १२, काठमाडौँ । आइतबारदेखि नेपालमा पुनः थाइल्याण्डको राष्ट्रिय ध्वजावाहक थाइ एयरवेज इन्टरनेसनलले उडान सुरू गरेको छ ।
विश्वव्यापी कोभिड–१९ महामारीका कारण थाइ एयरवेज इन्टरनेसनलले २५ मार्च २०२० देखि काठमाडौँका लागि उडान बन्द गरेको थियो ।
थाइ एयरवेजको जापान, अष्ट्रेलिया, मलेसियार कोरिया विश्वका विभिन्न शहरहरुमा उडान रहेकाले नेपालका यात्रुहरुलाई थप सहज हुने थाइ एयरवेजले जनाएको छ ।
- न्युज बहार संवाददाता