Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

श्रीलंकन एयरलाइन्सले घटायो आफ्नो भाडादर

  •   २ वर्ष अघि | ८ मंसिर २०८१, शनिबार

मंसिर ८, काठमाडौँ । श्रीलंका–काठमाडौँ–श्रीलंका र काठमाडौँ–माल्दिभ्स–काठमाडौँको हवाइ भाडादर श्रीलंकन एयरलाइन्सले घटाएको छ।

५ देखि २५ प्रतिशतसम्म एयरलाइन्सले सो रुटका लागि भाडादर घटाएको हो।

वायुसेवा कम्पनीहरूले उच्च मूल्यको भाडा लिएको भन्दै त्यसबारे पुनर्विचार गर्न गत बुधबार संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले निर्देशन दिएका थिए।

साथै मन्त्री पाण्डेले अन्तर्राष्ट्रिय उडान गर्ने हवाई कम्पनीहरूलाई २४ घण्टाभित्र हवाई भाडादर उपलब्ध गराउन समेत निर्देशन दिएका थिए।

यो सँगै श्रीलंका–काठमाडौँ–श्रीलंका सातामा चार उडान गर्दै आइरहेको श्रीलंकन एयरलाइन्सले मन्त्रालय र नागरिक उड्डयन प्राधिकरणको निर्देशनलाई पालना गर्दै भाडादर घटाएको जनाएको छ।

  • न्युज बहार संवाददाता

थप