Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

लालिगुराँस र हिउँले प्रकृतिक रुपमा सजिएको सिमभञ्ज्याङ

  •   ३ वर्ष अघि | ११ फाल्गुन २०८०, शुक्रबार

फागुन ११,  हेटौंडा । करिब दुई वर्षपछि मकवानपुरको प्रमुख पर्यटकीय क्षेत्र सिमभञ्ज्याङमा बाक्लो हिउँ  परेको छ । सिमभञ्ज्याले हिउँ परेसँगै आन्तरिक पर्यटकलाई स्वागत गरेको छ ।

स्थानीय अमित पाख्रिनका अनुसार सिमभञ्ज्याङमा हिउँ परेसँगै चिसोले जनजीवन कष्टकर बनेको छ भने सिमभञ्ज्याङमा हिउँ खेल्न मिल्ने गरी परेको छ ।

हिउँ परेपछि सिमभञ्ज्याङमा मकवानपुरसहित पर्सा, बारा, सर्लाही, रौतहटदेखि चितवनसम्मका पर्यटकहरु याहाँ हिउँ खेल्न र घुम्न आउने गरेका छन् । यस वर्ष वर्षकै पहिलो हिउँ परेकाले सिमभञ्ज्याङ पर्यटकको पखाईमा रहेको छ ।

हल्का वर्षासँगै भएको हिमपातले सो स्थानमा बढेको छ । अहिले भीमफेदी गाउँपालिकाको अघोर बजारदेखि सिमभञ्ज्याङसम्मको डाँडामा लालीगुराँस फुलेर रातो रगमा सजिएको छ । यतिबेला सिमभञ्ज्याङलाई लालिगुराँस र हिउँले प्रकृतिक रुपमा सजाएको छ ।

  • न्युज बहार संवाददाता

थप