जेठ २३, काठमाडौँ। काठमाडौँबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज काठमाडौँ नै फर्किएको छ। जाहाजमा केही समस्या आएपछि काठमाडौँ फर्किएको हो।
मंगलबार
बिहान ८:१० मा
काठमाडौंबाट श्री एयरलाइन्सको जहाज धनगढीका लागि उडेको थियो। त्रिभुवन
अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले उडेको केही समयमै जहाजमा
समस्या आएको जानकारी दिएका छन।
जहाजमा प्रेसराइजेसन सिस्टममा समस्या आएको उनले
जनाएका छन। जहाज साढे ८ बजे पुनः काठमाडौँमा सकुशल अवतरण गराइएको थियो भने त्यस
जाहाजका यात्रुहरूलाई अर्कै जहाजमा राखेर धनगढी पठाइसकेको छ।
- न्युज बहार संवाददाता