असोज १५, काठमाडौँ । आज पोखराका लागि काठमाडौँबाट
उडेका दुइवटा विमान काठमाडौँ मै फर्किएका छन ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चार उपकरणमा समस्या भएपछि त्रिभुवन विमानस्थलबाट उडेका विमान काठमाडौँ नै फर्किएका हुन् ।
त्रिभुवन विमानस्थल स्रोतले आज बिहान श्री एयरलाइन्सका र यति एयरलाइन्सका विमान पोखरा अवतरण नगरी काठमाडौँ फर्केको जानकारी दिएको हो ।
- न्युज बहार संवाददाता