भदौ २९, गुल्मी । तीन महिनापछि गुल्मीको रेसुङ्गा
विमानस्थलबाट नियमित उडान सुरु भएको छ । गत जेठको अन्तिम सातादेखि खराब मौसमका
कारण उडान अवरुद्ध हुँदै आएको थियो ।
शुक्रबार
नेपाल एयरलाइन्सको विमानले मौसममा सुधार आएसँगै उडान गरेको नेपाल एयरलाइन्स रेसुङ्गा
स्टेशन इन्चार्ज सुमन थापाले जानकारी दिएका छन । काठमाडौँबाट गुल्मी उडानमा शुक्रबार
११ जना यात्रु सवार रहेका थिए ।
- न्युज बहार संवाददाता