Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

‘मुन्धुम ट्रेल भ्रमण वर्ष’ मा रेडपाण्डा र थार महोत्सव आयोजना गरिने

  •   २ वर्ष अघि | १६ मंसिर २०८१, आइतवार

मंसिर १६, काठमाडौँ । आगामी पुस १७ गतेदेखि औपचारिक रूपमा ‘मुन्धुम ट्रेल भ्रमण वर्ष’ सुरु हुदै छ ।  यसकै तयरी सव रुप अहिले विभिन्न कामहरु भइरहेका छन । दिक्तेल जिल्ला रूपाकोट मझुवागढी नगरपालिकाले ‘मुन्धुम ट्रेल भ्रमण वर्ष– २०२५’का अवसरमा रेडपाण्डा र थार महोत्सव गर्ने जनाएको छ । महोत्सव आयोजना मुख्य उदेश्य नगरपालिका क्षेत्रभित्र पर्ने विभिन्न जङ्गलमा पाइने लोपोन्मुख जनावर रेडपाण्डा र थारको संरक्षण, प्रवर्द्धन तथा प्रचारप्रसार मुन्धुम ट्रेल भ्रमण वर्षमा घुम्न आउने पर्यटकमार्फत गर्नु हो ।

नगरप्रमुख तीर्थराज भट्टराईका अनुसार मुन्धुम ट्रेलसँग जोडिएका वडाका वडाध्यक्ष, सामुदायिक वन महासङ्घ सम्मिलित कार्यदलले महोत्सवका लागि विस्तृत अध्ययन गरी योजना बनाउने र त्यसका आधारमा महोत्सवको समय निर्धारण गरिने छ ।

भट्टराईका अनुसार मुन्धुम ट्रेल भ्रमण वर्ष–२०२५ लाई प्रभावकारी र सफल बनाउन स्थानीय तहहरूको महत्त्वपूर्ण भूमिका रहन्छ । उनले भने “हामीले भ्रमण वर्षमा घुम्न आउने पर्यटकलाई लक्षित गरेर रेडपाण्डा र थार महोत्सव आयोजना गर्ने निर्णय गरेका हौं।”

महोत्सव सफल बनाउन अहिले विशेष तयारी गरिएको छ ।

 

  • न्युज बहार संवाददाता

थप