Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

अप्रिल महिनाको विदेशी पर्यटक आगमनमा रेकर्ड कायम

  •   १ वर्ष अघि | २१ बैशाख २०८२, आइतवार

वैशाख २१, काठमाडौँ । सन् २०२५ को अप्रिल महिनामा विदेशी पर्यटक हालसम्मकै उच्च सङ्ख्यामा नेपाल भित्रिएका छन् ।

अप्रिल महिनामा मात्रै एक लाख १६ हजार ४९० विदेशी पर्यटक नेपाल आएका नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कले देखाएको छ ।

बोर्डका अनुसार नेपालको पर्यटनमा अप्रिल महिनाको विदेशी पर्यटक आगमनमा रेकर्ड कायम भएको हो ।

अप्रिलमा सबैभन्दा बढी भारतबाट २५ हजार ९३३, चीनबाट नौ हजार ३७, अमेरिकाबाट १० हजार ५३ र संयुक्त अधिराज्य बेलायतबाट छ हजार ८३८ पर्यटक नेपाल भित्रिएका हुन । 

  • न्युज बहार संवाददाता

थप