कात्तिक २७, काठमाडौँ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आज
मंगलबारदेखि कतार एयरवेजले नियमित उडान सुरू गरेको छ।
आज
दिउँसो पौने ३ बजे कतारको वाइडबडी जहाज विमानस्थलमा अवतरण गरेको विमानस्थलका सूचना
अधिकारीले जानकारी दिएका हुन ।
उक्त जहाजमा ३३ जना यात्रु रहेका थिए। भैरहवाबाट काठमाडौँका लागि जहाज
पौने ५ बजे उडेको हो ।
अब
कतारले एयरवेजले भैरहवामा नियमित उडान गर्ने जनाइएको छ ।
- न्युज बहार संवाददाता