Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

दुई विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्ने सरकारको तयारी

  •   २ वर्ष अघि | ३१ साउन २०८१, बिहिबार

साउन ३१, काठमाडौँ । काठमाडौँ बाहिर रहेका दुई विमानस्थललाई सरकारले पूर्ण क्षमतामा सञ्चालन गर्ने तयारी सुरु गरेको छ।

सरकार अहिले पोखरा र भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई सहुलियत दिएर भए पनि  पूर्ण क्षमतामा चलाउने तयारीमा जुटेको हो।

यी विमानस्थलहरू पूर्ण क्षमतामा सञ्चालन गर्न सरकारले टिकटदेखि इन्धनसम्ममा सहुलियत दिने तयारी गरेको हो ।

सरकार सहुलियत दिएर भए पनि पूर्ण क्षमतामा विमानस्थल सञ्चालन गर्ने निचोडमा पुगेको छ।

यस विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र सम्बन्धित मन्त्रालयका मन्त्री तथा पदाधिकारीहरूबीच कुराकानीसमेत भइसकेको छ।

दुई अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन हवाई टिकट, ग्राउण्ड ह्याण्डलिङ, हवाई इन्धनमा निश्चित समयका लागि सहुलियत दिन लागिएको जानकारी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले दिएका छन ।

  • न्युज बहार संवाददाता

थप