Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

दोहाबाट आएको कतार एयरलाइन्सको जहाज अवतरण हुनै लाग्दा ‘ओभरसुट’

  •   ३ वर्ष अघि | १७ असोज २०८०, बुधबार

असोज १७, काठमाडौँ । काठमाडौँका लागी कतारको दोहाबाट आएको कतार एयरलाइन्सको जहाजले ‘ओभरसुट’ गरेको छ । आज बिहान ७:१२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनै लाग्दा सो जहाजले ओभरसुट गरेको हो ।

कतार एयरको जहाज ‘अनस्टेवल एप्रोज’ भएकाले ओभरसुट गरिएको विमानस्थल कार्यालय जनाएको छ । विमानस्थलका एक उच्च अधिकारीले भने “जहाजले एप्रोच नमिलेर ओभरसुट गरेको हो, कहिलेकाहीँ ‘एप्रोज प्रोफाइल’ नमिलेर, जहाज हाई अल्टिच्युट भएर आउँदा पनि यस्तो हुने गर्दछ।”

विमानस्थलले अनुसार यसरी ओभरसुट गरेको जहाजले एक राउण्ड लगाएर करिब २० मिनेटको फरकमा पुनः अवतरण गर्ने गरेको छ । काठमाडौँ विमानस्थलमा सिमरामाथिको आकाशबाट एप्रोच लिनुपर्ने हुन्छ । सिमरामाथिको आकाशबाटै सबै अन्तर्राष्ट्रिय उडानका जहाजले काठमाडौँ विमानस्थलमा अवतरण गर्दा एप्रोच लिने गरेका छन् ।

  • न्युज बहार संवाददाता

थप